रेनु दाहालले गरिन् मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको तर्फबाट चितवनको भरतपुरमा मेयरकी प्रत्याशी रेनु दाहालले मतदान गरेकी छन् । शुक्रबार मतदान सुरु भएको केहिबेरमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेकी हुन् ।

दाहालले भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा मतदान गरेकी हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन् । मेयरकी उम्मेदवार दाहालले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने बताइन् । उहाँले जितपछि भरतपुरलाई देशकै नमुना शहर बनाउने पनि घोषणा गरे ।

मेयरकी उम्मेदवार दाहालले भने, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौं । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिका लागि मलाई जिताउनुहुनेछ । भरतपुरलाई देशको एउटा नमुना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully