गठबन्धन ‘क्लियर’ छैन, कांग्रेसबाट धोका हुन सक्छ : अध्यक्ष दाहाल

वैशाख २६, २०७९

मोहन बुडाऐर

धनगढी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी  सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन् ।

उनले  धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚’ उनले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै  चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र  उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले  उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन । उनी चुनावी प्रचारमा छन् । 

कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन्  ।   माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत  मागिरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully