काभ्रेमा निर्वाचनका लागि कर्मचारी पठाइयो, मतपत्र ढुवानी सुरु

वैशाख २६, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय तहको निर्वाचन २०७९ को लागि जिल्लामा मतपत्र ढुवानी सुरु गरिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामाग्री सम्बन्धित मतदान केन्द्रमा पठाएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार, जिल्लाका १ सय ८९ मतदान स्थलका ३ सय ८१ मतदान केन्द्रमा एक हजार नौ सय २ जना कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ३ जना स्वयंसेवक मतदान अधिकृतले नै नियुक्त गरी खटाउँछन् । 

प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन सबै सुरक्षा निकाय परिचालित भइसकेका छन् । उनका अनुसार, निर्वाचन सुरक्षको लागि ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, १६ सय ११ म्यादी प्रहरी र नेपाली सेना परिचालित भएका छन् ।

पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिएका छन् । नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सबै स्थानीय तहमा मोबाइल टिम पनि परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । 

जिल्ला सुरक्षा समितिले जिल्लाका १९ मतदान केन्द्रलाई अति संवेदनशील, ५० मतदान केन्द्रलाई संवेदनशील  र २ सय १२ मतदान स्थललाई सामान्य मानेर सोही अनुसारको तयारी गरेको छ । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully