गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको छ: चित्रबहादुर केसी

वैशाख २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा प्रजातन्त्र मास्न खोज्नेहरुले अहिले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको बताएका छन् । गठबन्धनको चुनावी सभामा शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्र जोगाउन पनि हम्मेहम्मे परेको उल्लेख गरे । 

'गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे-हम्मे परेको छ' उनले भने,'गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन ।'

उनले पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि  मिलेर जानुपर्ने अवस्था रहेको बताए । 'हिजो वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेका भए । अब पनि  वामपन्थी प्रजातान्त्रिक शक्ति  प्रजातन्त्र बचाउनका लागि पाँच दल एक  भएर एक ठाँउमा आएका छन्' उनले भने, 'हिजो प्रजातन्त्र मास्न  खोस्नेहरुले  यो गठबन्धनको विरोध गरेका छन् ।'

उनले गएको पाँच वर्षमा जनप्रतिनिधिले कतै-कतै मात्र राम्रो काम गरे  पनि धेरै ठाँउमा राम्रो गर्न नसकेकोले अब गल्ती कमजोरी  हटाउने हिम्मत हुनुपर्ने  बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully