स्थानीय तहको चुनावमा अहंकारीहरूको हार हुन्छ : श्रेष्ठ

वैशाख २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा अह‌ंकारीहरूको हार हुने बताएका छन् । ५ दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका श्रेष्ठले देशमा केही व्यक्तिको अहंकारकै कारण दुई तिहाईको सरकार गएको बताए । 

काठमाडौंमा शुक्रबार आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, 'एउटा मान्छेको अहंकार र स्वेच्छाचारीले कति फरक पर्दो रहेछ भन्ने नेपाली राजनीतिमा देखिएको छ । अंहकारकै कारणले दुई तिहाई गयो । अहंकारीवादीहरूको स्वाहा हुन्छ ।' गठबन्धनको जित हुन्छ ।

अहिलेको नेतृत्वले काम गर्न नसकेकै कारणले आफूहरूको उम्मेदवारी  दिएको उनले बताए । त्यस्तै उनले निम्न र मध्य वर्गका लागि निशुल्क उपचार व्यवस्थाक लागि महानगरपालिका अस्पताल स्थापना गर्ने बताए ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully