कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौंको मेयर उठाएको छ : बानियाँ

काठमाडौँ — नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले  एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन् ।

एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौंको मेयर उठाएको छ : बानियाँ

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताए ।

'एमालेले महानगरपालिकामा नौटंकी आवरणको उम्मेदवार बनाएको छ । आफूलाई धेरै गर्जन गर्नसक्ने, आफूमा धेरै क्षमता भएको उहाँ भन्नुहुन्छ । तर आफ्नो स्वार्थका लागि जस्तोसुकै बाटो पनि अबलम्बन गर्ने र राजनीतिक विचलन भएर कहाँ-कहाँ क्रियाकलाप अघि बढाउनु भयो ? त्यस्तो व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएको छ' बाँनियाले भने, 'उहाँको कुरा सुन्दा मानसिक विचालन भइसकेको व्यक्ति हो कि जस्तो लाग्छ । सम्मान गर्नुपर्ने, महिला आमा दिदीबहिनीलाई लल्कार्छन् । गालीगलौच गरिन्छ र अस्मितामाथि प्रहार गरिन्छ । उहाँलाई महिलासँग भोट माग्ने अधिकार छैन ।'

महिला र दिदीबहिनीलाई मानवीय व्यवहार गर्न नसक्ने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको बानियाँले बताए ।

प्रकाशित : वैशाख २३, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?