वीरेन्द्रनगरका स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह : गिलास, मुढा र गुलाफको फूल

वैशाख १७, २०७९

चाँदनी कठायत

वीरेन्द्रनगर — देशभरका स्थानीय तहका स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पाएका छन् । वीरेन्द्रनगर नगरपालिकामा मेयर/उपमेयरमा स्वतन्त्र उम्मेदवार दिएकाहरुलाई पनि निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि चुनावमा उठेका दुई/दुई जना उम्मेदवारले चुनाव चिन्ह पाएका हुन् । 

नगरपालिकाको प्रमुखमा उठेका भीमप्रसाद शर्माले ‘गिलास’, प्रमुख पदका अर्का उम्मेदवार उमानन्द पंगालीले‘मुढा’चुनाव चिन्ह पाएका छन् । 

उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले पनि ‘मुढा’ नै चुनाव चिन्ह पाएका प्रमुख निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार उपप्रमुखका अर्का उम्मेदवार भोजप्रसाद चपाईँले ‘गुलाबको फूल’चुनाव चिन्ह पाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

चाँदनी

Link copied successfully