तनहुँ — तनहुँको व्यास नगरपालिकाको मेयर उम्मेदवार दीपकराज जोशीले चुनाव चिह्न ‘कैंची’ रोजेका छन् । शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर जोशीले चुनाव चिह्न कैंची रोजेका हुन् ।
स्वतन्त्र उम्मेदवारहरुले रोजेका चुनाव चिन्ह संकलन गरी राखेको र नजुध्ने भए रोजेकै चिह्न वितरण गर्ने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
नेकपा एमाले तनहुँको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । व्यासमा जोशी समूहबाट उपमेयरमा एमालेकी बसुन्धरा घर्तीले उम्मेदवारी दिएकी छिन् ।
