प्यूठान — मुलुकका अधिकांश पालिकामा एमालेविरुद्ध सत्ता गठबन्धनबीच तालमेल भए पनि प्यूठानको झिमरुक गाउापालिकामा भने एमाले–माओवादी तालमेल भएको छ ।
शुक्रबार एमालेले अध्यक्ष र माओवादीबाट उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता भएको हो । सुरुमा एमाले र माओवादी दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
अध्यक्षमा एमालेका उम्मेदवार हुकुमबहादुर खड्का र उपाध्यक्षमा मनोनयन दर्ता गरेकी माओवादीकी उम्मेदवार रुपमा जिसीले मनोनयन फिर्ता लिएका हुन् । दुवै पार्टीको आन्तरिक सहमतिअनुसार अध्यक्षमा माओवादीका पितबहादुर एमसी र उपाध्यक्षमा एमालेकी बिष्णु घर्तीको उम्मेदवारी कायम राखिएको छ । माओवादीले अध्यक्षसहित ३ वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित ५ वटा वडाध्यक्ष लिने गरी सहमति भएको एमाले झिमरुक गाउापालिका कमिटी अध्यक्ष इन्ऽमणि पोख्रेलले जानकारी दिए ।
नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले झिमरुक गाउापालिकामा गठबन्धन गर्दै चुनावी अभियानमा होमिएका थिए । सत्ता गठबन्धनबाट एक्लिएको माओवादी अन्तिममा एमालेसाग मिलेको हो । सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा टीकाबहादुर जिसी र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोखरेलले उम्मेदवारी दिएका छन् ।
