भक्तपुरका दुई पालिकामा ३ जना दलित महिला सदस्य निर्विरोध

वैशाख १७, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — जिल्लाको भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा दलित महिला सदस्यमा ३ जना निर्विरोध निर्वाचित भएका छन् ।

भक्तपुर नगरपालिका-५ को दलित महिला सदस्यमा नेमकिपाकी सरिना द्यौला र वडा नम्बर १० को दलित महिला सदस्य पदमा नेमकिपाकी विष्णुमाया कामी निर्विरोध निर्वाचित भएकी हुन् । 

त्यस्तै, मध्यपुर थिमि नगरपालिका-५ को दलित महिला सदस्य पदमा नेपाली कांग्रेसकी लक्ष्मी देउला (पोडे) निर्विरोध निर्वाचित भएकी छन् । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम एकल उम्मेदवारी परेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बीसीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully