२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

थापाको प्रश्न : उम्मेदवारको बोली-व्यवहारले सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ?

‘त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ? भन्दा महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकामा स–साना काम गर्ने इच्छाशक्ति भएको मेयर चाहिएको बताएका छन् । सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री थापाले काठमाडौंमा साना साना समस्याको समाधान गरिदिने मेयर आवश्यक भएको बताए ।

थापाको प्रश्न : उम्मेदवारको बोली-व्यवहारले सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ?

‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन्, त्यसैले मलाई लाग्छ हामीलाई ठूला-ठूला सपनामात्रै बाँड्ने मेयर साप चाहिएको होइन, स–साना काम गर्ने मेयर साथी चाहिएको हो,’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरूको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘मैले आजैमात्र एक जना उम्मेदवारको अन्तर्वार्ता पढेँ । उहाँले सिर्जना सिंहलाई होच्याएर बोल्नुभएको रहेछ । त्यसले उहाँको महिलाप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ,’ महामन्त्री थापाले प्रश्न गर्दै भने, ‘त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ? भन्दा महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’

उनले सिर्जना सिंह सरलताको पर्याय भएको बताए । ‘सिर्जना सिंहमा म दुई लाख भोट ल्याउँछु, जितिहाल्छु भन्ने कुनै अहंकार छैन । मैले बुझेको सिर्जना भनेको ‘सिम्पल सिर्जना’ हो । उहाँले काठमाडौं महानगरपालिकालाई घरजस्तै चलाउँछु भन्नुभएको छ,’ उनले भने, ‘अब बेला आएको छ, ठूलठूला आकांक्षामात्रै देखाउनेलाई रोज्ने कि यस्ता स–साना काममा प्रतिवद्ध मान्छेलाई रोज्ने ? तपाईहरूको हातमा छ ।’

प्रकाशित : वैशाख १५, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?