उपमेयरसहित दुई वडाध्यक्षमा चन्द समूहबाट स्वतन्त्र उम्मेदवार
दाङ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खेमराज वलीले तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
वलीले तुलसीपुर खानेपानी उपभोक्ता समितिको अध्यक्ष भएर लामो समय काम गरेका थिए । उनी तुलसीपुर क्षेत्रमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । यसैगरी चन्द समूहकै अर्का नेता किरण डाँगीले तुलसीपुर ७ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
मिनप्रसाद ढकालले भने तुलसीपुर १४ को वडा अध्यक्षमा स्वतन्त्रबाटै उमेदवारी दर्ता गराएका छन् । नेता, कार्यकर्ताका साथ स्वतन्त्र उम्मेदवारी लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित उनीहरु मनोनयन दर्ता गराउन निर्वाचन आयोगको कार्यालय गएका थिए ।
