कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा ४ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार 

गगनशिला खड्का

गुल्मी — एक कार्यकाल गाउँपालिका अध्यक्ष भइसकेका व्यक्तिमध्ये गुल्मीमा ४ जनाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । १२ स्थानीय तहमध्ये कालीगण्डकी, सत्यवती, मालिका र धुर्कोट गाउँपालिका अध्यक्षले दोस्रो कार्यकाल पनि अध्यक्ष बन्न उम्मेदवारी दिएका हुन् । 

गुल्मीमा ४ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार 

कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसले वेद थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै सत्यवती गाउँपालिकामा पनि कांग्रेसले पारिश्वर ढकाललाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु पाँचदलीय गठबन्धनका उम्मेदवार हुन् ।

त्यस्तै नेकपा एमालेले मालिका गाउँपालिका अध्यक्षमा रितबहादुर थापालाई दोस्रो कार्यकालका लागि उम्मेदवार बनाएको छ । एमाले मालिकामा गठबन्धनविरुद्ध एक्लै भिडेको छ ।

नेकपा माओवादी केन्द्रले धुर्कोट गाउँपालिकामा भुपाल पोखरेललाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । पोखरेललाई अध्यक्ष बनाउनका लागि माओवादीले धुर्कोटमा सत्तारुढ गठबन्धन नै तोडेको छ । माओवादी केन्द्रले धुर्कोटमा एमालेसँग गठबन्धन बनाएको छ ।

उपाध्यक्षमा पनि ४ जना दोहोरिए

गुल्मीमा उपाध्यक्ष पदमा पनि ४ जना नै दोहोरिएका छन् । सत्तारुढ गठबन्धनबाट कालिगण्डकी गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले उम्मेदवारी दर्ता गरेकी छन् ।

त्यस्तै नेकपा एमालेबाट चन्द्रकोट गाउँपालिकामा राधिका अर्याल, इश्मा गाउँपालिकामा बिमला खत्री र मदाने गाउँपालिकामा सरिता खड्काले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् ।

प्रकाशित : वैशाख १३, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?