कांग्रेसबाट पोखराको उपमेयरमा बिजुक्छे ‘ब्याक’, रानाभाटले पाइन् टिकट

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको उपमेयरमा कोपिला रानाभाटलाई उम्मेदवार बनाएको छ । यसअघि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेलाई उपमेयरको उम्मेदवार बनाउने बताएका थिए । तर, अन्तिम समयमा उपमेयरको टिकट रानाभाटलाई दिइएको छ ।

रानाभाटलाई उपमेयर उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारले दबाब दिएका थिए ।

जिल्लाका स्थानीय नेताहरूले समेत उपमेयर उम्मेदवार महिला हुनुपर्ने भन्ने माग गरेपछि सभापति देउवाले बिजुक्छेलाई ब्याक गर्दै महिला नेतृ रानाभाटलाई टिकट दिन तयार भएका हुन् । महिला संघको सभापति रहेकी रानाभाट कांग्रेसकी गण्डकी प्रदेश सहमहामन्त्री समेत हुन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully