भक्तपुरमा तीन नगरपालिकामा गठबन्धन दलबीच तालमेल

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन दलले भक्तपुरका तीन वटा नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । वाग्मती प्रदेशस्तरीय गठबन्धनको बैठकले भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । चाँगुनारायण नगरपालिकाको विषयमा भने अहिले सहमति जुटेको छैन ।

सहमतिअनुसार तीन वटै पालिकामा नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवारी दिने भएको छ ।

त्यस्तै, भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा नेकपा एकीकृत समाजवादी र मध्यपुरथिमि नगरपालिकाको उपमेयरमा नेकपा मोआवादी केन्द्रबाट उम्मेदवारी दिने सहमति भएको छ । 

यसअघि भक्तपुरका चारमध्ये तीन वटामा नेकपा एमालेले जितेको थियो भने भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जितेको थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully