कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भक्तपुरमा तीन नगरपालिकामा गठबन्धन दलबीच तालमेल

काठमाडौँ — सत्ता गठबन्धन दलले भक्तपुरका तीन वटा नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । वाग्मती प्रदेशस्तरीय गठबन्धनको बैठकले भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । चाँगुनारायण नगरपालिकाको विषयमा भने अहिले सहमति जुटेको छैन ।

भक्तपुरमा तीन नगरपालिकामा गठबन्धन दलबीच तालमेल

सहमतिअनुसार तीन वटै पालिकामा नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवारी दिने भएको छ ।

त्यस्तै, भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा नेकपा एकीकृत समाजवादी र मध्यपुरथिमि नगरपालिकाको उपमेयरमा नेकपा मोआवादी केन्द्रबाट उम्मेदवारी दिने सहमति भएको छ ।

यसअघि भक्तपुरका चारमध्ये तीन वटामा नेकपा एमालेले जितेको थियो भने भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जितेको थियो ।

प्रकाशित : वैशाख ११, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?