माओवादी छाडी राप्रपा गएका वैश्यले दिए नेपालगन्जको मेयरमा उम्मेदवारी

वैशाख ११, २०७९

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नन्दलाल वैश्यले उम्मेदवारी दर्ता गराएका छन् । नाराजुलुसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर वैश्यले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपमेयरमा विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गराएकी छिन् । मेयरका उम्मेदवार बनेका वैश्य बिहीबार मात्रै नेकपा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।

वैश्य  नेपालगन्जका प्रतिष्ठित व्यवसायी हुन् । उद्योग वाणिज्य संघ नेपालगन्जका  पूर्वअध्यक्षसमेत हुन् । उपमेयरमा उम्मेदवारी दिएकी चर्ती मगर पुष्प व्यवसायी हुन् । 

यसअघिको चुनावमा नेपालगन्जमा राप्रपाबाट धवलशमशेर जबराले मेयरमा जितेका थिए भने कांग्रेसकी उमा थापा मगर उपमेयरमा निर्वाचित भएकी थिइन् । 

स्थानीय तह निर्वाचन २०७९

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully