दमकको मेयरमा एमालेकी गीता अधिकारीले गरिन् उम्मेदवारी दर्ता

वैशाख ११, २०७९

अर्जुन राजवंशी

बिर्तामोड — झापाको दमक नगरपालिकाको मेयर पदमा एमालेकी गीता अधिकारीले उम्मेदवारी दर्ता गराएकी छिन् ।  त्यस्तै एमालेबाट अम्बिका भण्डारीले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । 

अधिकारी निवर्तमान उपमेयर हुन् । प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा आएकी अधिकारी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिन्छ । दमक पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको गृहनगर हो । २०७४ को चुनावमा ओलीकै निर्देशनमा दमक बहुमुखी क्याम्पस पढाइरहेकी अधिकारीलाई अचानक नगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएको थियो ।

उपमेयरको कार्यकाल सफलतापूर्वक पूरा गरेको पार्टीको मूल्यांकन छ । सोही आधारमा यस पटक उनलाई पार्टीको तर्फबाट मेयरको उम्मेदवार बनाइएको हो । 

स्थानीय तह निर्वाचन २०७९

अर्जुन

Link copied successfully