राजविराजमा लोसपा र राप्रपाको उम्मेदवारी दर्ता

वैशाख ११, २०७९

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । लोसपाबाट नगरप्रमुखमा दीपेन्द्र चौधरी र उपप्रमुखमा साधना झाले उम्मेदवारी दर्ता गराएका छन् । झा गत स्थानीय तह निर्वाचनमा तात्कालीन राजपाबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

यस्तै राप्रपाबाट नगरप्रमुखमा उमेश साह र उपप्रमुखमा सरिता झाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य स्थानीय तहमा पनि उम्मेदवारी दर्ता गराउने कार्य जारी रहेको छ । तर सता गठबन्धन दलका उम्मेदवाररू कतै उम्मेदवारी दर्ता गराएका छैनन् ।

सत्ता गठबन्धनका अधिकांश दलले सोमबार उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully