'सबै सार्वजनिक स्थानमा फ्री वाईफाई, टोल र गाउँमा इन्टरनेटको सुविधा'

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारीले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पुर्‍याउने उल्लेख छ । 

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा लेखिएको छ, 'हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिकस्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।'

कांग्रेसले जितेका स्थानीय तहमा ती सेवा पुर्‍याउने उसको घोषणापत्रमा लेखिएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully