कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनकपुरको मेयरमा लालकिशोर साह सत्ता गठबन्धनका उम्मेदवार

अजित तिवारी

जनकपुर — जनता समाजवादी पार्टी(जसपा) ले लालकिशोर साहलाई जनकपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । दुई दिनदेखि जनकपुरमा बसेको जसपाको बैठकले आइतबार जनकपुर उपमहानगरपालिकामा मेयरको उम्मेदवार साहलाई बनाउने निर्णय गरेको जसपाका युवा नेता जीतेन्द्र यादवले जानकारी दिए । 

जनकपुरको मेयरमा लालकिशोर साह सत्ता गठबन्धनका उम्मेदवार

साह, जनकपुर उपमहानगरपालिकाका निर्वतमान मेयरसमेत हुन् । उनले शुक्रबार मात्रै पदबाट राजीनामा गरेका थिए । साहलाई जसपाका नेतृ रेणुकुमारी यादवले प्रमुख पदको टिकट वितरण गरेकी छन् ।

साह यसअघिको निर्वाचनमा महन्थ ठाकुरको तत्कालीन दल राष्ट्रिय जनता पार्टी(राजपा)बाट विजयी भएका थिए । जनकपुर उपमहानगरपालिकामा भने गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका उम्मदेवार हुनेछन् । कांग्रेसको बैठक जारी नै छ ।

जनकपुर उपमहानगरपालिकाका लागि यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले प्रमुखमा मनोज चौधरी र उपप्रमुखमा रीता मिश्रलाई टिकट दिइसकेको छ । लोसपाका उपप्रमुख मिश्र जनकपुर उपमहानगरपालिकामा वर्तमान उपप्रमुख हुन् ।

जनकपुर उपमहानगरपालिकाका लागि एमालेले भने उम्मेदवार टुंग्याउन बाँकी छ । त्यस्तै मेयरमा बलराम महतो र कांग्रेस छाडेका मनोज साहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?