नेकपा एसले पोखरामा आचार्य र हेटौंडामा लामालाई मेयर उठाउने 

वैशाख १०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयरको टुङ्गो लगाएको छ । शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष हुन् । ‘हिजो नै हामीले उम्मेदवार टुङ्गो लगाएका हौं,’ एक पदाधिकारीले भने ।  

त्यसैगरी काठमाडौं महागरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ युवा संघका नेता हुन् । 

त्यसैगरी हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयर उम्मेदवार बनाउने भएको छ । लामा अहिले उपमेयर छिन् । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशव विष्टलाई उम्मेदवार निर्णय गरेको छ । विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन् । 

त्यस्तै एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ । उनी पार्टीका बुटवल नगरअध्यक्ष हुन् भने यसअघिको स्थानीय चुनावमा वडासदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी एकीकृत समाजवादीले दाङको घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर रानालाई उम्मेदवार बनाउने भएको छ । राना दाङ जिल्ला कमिटीका अध्यक्ष हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर, हेटौंडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार पाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully