रुकुम पश्चिम — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका सबै पालिकाका उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटी बैठकले ३ नगरपालिकाका प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत टुंगो लगाएको हो ।
एमालेले मुसीकोट नगरपालिका प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतारालाई उम्मेदवार बनाएको छ । चौरजहारी नगरपालिका प्रमुखमा टंकप्रसाद ओली, उपप्रमुखमा डण्डी कार्कीलाई उम्मेदवार बनाएको एमालेले आठबीसकोट नगरप्रमुखको उम्मेदवारमा दिनेश चन्द र उपप्रमुखमा कृष्णाकुमारी मल्ललाई उम्मेदवार बनाएको छ ।
बाँफिकोट गाउँपालिका अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेललाई उम्मेदवार बनाइएको जिल्ला कमिटी प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले बताए । उनका अनुसार सानीभेरी गाउँपालिका अध्यक्षमा प्रकाश खड्का र उपाध्यक्षमा पवित्रा डाँगीलाई उम्मेदवार बनाइएको छ । त्रिवेणी गाउँपालिकामा डिल्लीबहादुर ओलीलाई अध्यक्षको र धनकला विष्टलाई उपाध्यक्षको उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
