कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
जसपाको घोषणा पत्र

संविधान संशाेधन र पुनर्लेखन पनि स्थानीय चुनावको मूल मुद्दा

काठमाडौँ — जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र जारी गर्दै यो चुनावमा पनि संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने घोषणा गरेको छ । संविधान जारी गर्दा असहमति राखेको यो दल अहिले यही संविधानअन्तर्गतका चुनावमा भाग लिने र सरकारमा समेत सहभागी हुँदै आएको छ ।

संविधान संशाेधन र पुनर्लेखन पनि स्थानीय चुनावको मूल मुद्दा

तर‚ उसले संविधान पुनर्लेखनको एजेन्डा नछाडे पनि संविधानका सकारात्मक प्रावधानहरूको भने आत्मसात् गर्ने उल्लेख गरेको छ ।

'संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, सकारात्मक विभेद, सामाजिक न्याय र समाजवाद हाम्रो संविधानका वैचारिक आधारस्तम्भ हुन् । जनता समाजवादी पार्टीले स्थानीय तहको सञ्चालन गर्दा यी संवैधानिक अभिप्रेरणालाई सर्वथा आत्मसात् गर्नेछ । तर, यो संविधान जारी गर्दाको बखत हाम्रो पार्टीका केही गम्भीर सैद्धान्तिक विमति थिए‚' घोषणा पत्रमा भनिएको छ ।

‘विशेषतः पहिचानमा आधारित प्रदेशको रचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको शासकीय स्वरूप, प्रदेशका क्षेत्राधिकार, बहुभाषिक तथा बहुसंस्कृतिवादमा आधारित राज्य तथा नागरिकतासम्बन्धी केही प्रावधानहरू हाम्रा अहिलेको संविधानसँग विमतिका विषय हुन् । तसर्थ स्थानीय निर्वाचनको अभियान सञ्चालन गर्दै गर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने छ‚' घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रको पूर्णपाठ:

प्रकाशित : वैशाख ७, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?