कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संघर्षमा उत्रियो कांग्रेस पोखरा महानगर समिति : कास्की जिल्ला कार्यालयमा तालाबन्दी

मेयर र उपमेयरसमेत सबै वडामा आफ्नै उम्मेदवार उठाउने तयारी
दीपक परियार

पोखरा — सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउने क्रममा भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकामा अन्य दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ । यसैबीच पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको छ ।

संघर्षमा उत्रियो कांग्रेस पोखरा महानगर समिति : कास्की जिल्ला कार्यालयमा तालाबन्दी

बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।

पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै महानगर समितिले मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उम्मेदवार उठाउने बताएको छ । महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको बताए । समितिले बुधबार दिउँसो वडा सभापतिहरूको भेला बोलाएको छ । उक्त भेलाबाटै उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ ।

एमालेको जनाधार बलियो रहेको पोखरामा पनि कांग्रेसबाहेक अर्को दलले जित्ने सम्भावना नभएको दाबी गर्दै प्रमुख पद नछाड्न महानगर र जिल्ला समितिले केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका थिए । आफ्नै प्रदेशको महानगरमा नेतृत्व लिन कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तिम समयसम्म अडान राखेका थिए । तर उनले मंगलबार पौडेलले पोखराकै कारण गठबन्धन भत्किन भने दिएनन् । अन्य महानगरको भागबन्डामा त्यसअघि नै सहमति भएको थियो ।

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पोखरामा एकीकृत समाजवादीलाई प्रमुख दिने निर्णय अप्रिय भएको बताए । ‘यस्तो निर्णयले पार्टीको संगठन मात्रै नभएर प्रजातन्त्रलाई सिध्याउने खतरा हुन्छ,’ उनले भने, ‘कांग्रेसले कम्युनिस्टहरूलाई साथमा लिएर हिँड्नुपर्नेमा कम्युनिस्टहरूले कांग्रेसलाई साथमा लिएर हिँडेका छन् । योभन्दा दुर्भाग्य अरू हुन सक्दैन ।’

एकीकृत समाजवादीको मेयरको उम्मेदवार को हुने भन्ने टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले १४ जनाआकांक्षीको नाम महानगर कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ । समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धनराज आचार्यले मुख्यरुपमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी पछिल्लो समय व्यवसायमा बढी सक्रिय थिए । स्टेसनरी, प्रकाशन गृह हुँदै उनले हाल जनविद्युतमा लगानी गरिरहेका छन् ।

प्रकाशित : वैशाख ७, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×