धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणनाको कार्य अगाडि बढाइनेछ ।
धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटामा अहिले बिहान ८:३० बजे सर्वदलीय बैठक बस्ने भएको छ । बैठकपछि मतगणना प्रक्रिया सुरु गरिने बताइएको छ ।
धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणनाको कार्य अगाडि बढाइनेछ ।
जिल्लाका २ अस्थायी सहित सबै १ सय ६८ मतदान केन्द्रबाट मतपेटिका संकलन गरी धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा रहेको मतगणनास्थलमा ल्याइसकिएको छ ।
मतपेटिका संकलन कार्य पूरा भएसँगै अब सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने तयारी गरिएको जनाइएको छ ।