खोटाङमा पनि जेन-जीको प्रदर्शन

सोमबार मध्यान्ह १२ बजे त्रिवेणी चौकबाट सुरु प्रदर्शन हाटडाँडा–त्रिवेणीचौक, बेसक्याम्प, रत्नपार्क हुँदै किरातचौकसम्म प्रदर्शन गरेका हुन् ।

भाद्र २३, २०८२

डम्बरसिं राई

Gen-ji's performance in Khotang as well

खोटाङ — दिक्तेलमा जेन–जीले प्रदर्शन गरेका छन्। सोमबार मध्यान्ह १२ बजे त्रिवेणी चौकबाट सुरु प्रदर्शन हाटडाँडा–त्रिवेणीचौक, बेसक्याम्प, रत्नपार्क हुँदै किरातचौकसम्म प्रदर्शन गरेका हुन् ।

'भ्रष्ट्राचारी मुर्दावाद, सामाजिक सञ्जाल बन्द होइन, नियमन गर, युवाको भविष्य सुनिश्चित गर' लगायतका नाराबाजी गर्दै दिक्तेल बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यालयका बालबालिका, शिक्षक लगायतको पनि सहभागिता थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully