अहिले जनक चोकमा टायर बालेर सरकारविरुद्ध प्रर्दशन गरिरहेका छन्।
जनकपुरधाम — जनकपुरधाममा टायर बालेर जेन–जी पुस्ताले प्रर्दशन गरेको छ । अहिले जनक चोकमा टायर बालेर सरकारविरुद्ध प्रर्दशन भइरहेको छ।
उनीहरुले 'सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, जेन–जी हाय/हाय अरु सबै बाई बाई' लगायतको नाराबाजी गरेका थिए । इन्ड करप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेका थिए ।
जेन–जी पुस्ताले युवाहरु सामाजिक सञ्जालमा मात्र नभई सडकमा समेत आउन सक्ने भन्दै अहिले सरकारलाई खबरदारीसमेत गरको छ ।
जनकपुरधाममा हरेक चोकमा जेन–जी पुष्ता समुह बनाएर फरक–फरक समयमा प्रर्दशन गरिरहेको छ । विहान ११ बजे एक समुहले जानकी मन्दिरमा प्रर्दशन गरेका थिए ।
