राष्ट्रिय सभा चुनाव : कोशीमा कांग्रेसका कृष्ण सिटौला विजयी

माघ ११, २०८०

विनोद भण्डारी

विराटनगर — राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी भएका हुन् ।

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् । 

सिटौला विगतमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् ।  माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीहरणको भूमिका समेत निर्वाह गरेका उनी संविधान सभामा संविधानको मस्यौदा समितिको नेतृत्व गरेका थिए । 

राष्ट्रिय सभा निर्वाचन

विनोद

Link copied successfully