राष्ट्रिय सभा चुनाव : वाग्मतीका चारै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

सुवास विडारी

मकवानपुर — राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा   सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी भएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र  अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । 

महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र  अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ  अधिकारीले ६३८३ मत र  दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए ।

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे ।निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचन

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully