पाँचथरको फिदिममा सत्ता गठबन्धनको शक्ति प्रदर्शन

मंसिर १, २०७९

लक्ष्मी गौतम

पाँचथर — चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले पाँचथर सदरमुकाम फिदिममा शक्ति प्रदर्शन गरेको छ । स्थिर समय सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै गठबन्धनले बृहत् र्‍यालीसहित आमसभा गरेका हुन् ।

आमसभाका लागि जिल्लाका ८ वटै स्थानीय तहबाट कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता ठूलो परिणाममा सदरमुकाम आइपुगेका थिए ।

आमसभालाई पाँचथरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेस सह महामन्त्री भिष्मराज आङदेम्वे, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले संविधानको रक्षासँगै जिल्लाको विकास र सुशासनका लागि गठबन्धनलाई भोट दिन मतदातासँग आग्रह गरेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully