परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ वाक्वाणी विद्यालयका मतदान अधिकृत बर्खास्त भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका पृथ्वीराज चौधरीले मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।
निर्वाचन सामग्री बुज्नेक्रममा मादक पदार्थ सेवन गरी मुख्य निर्वाचन अधिकृतसमक्ष अस्वाभाविक व्यवहार देखाएपछि बर्खास्त गरी नियन्त्रणमा लिएको सूचना अधिकारी पाण्डेले बताए । उनको स्थानमा वैकल्पिक मतदान अधिकृतले खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
