प्रदेश १ मा कोरोनाबाट थप १० संक्रमितको मृत्यु

जेष्ठ १२, २०७८

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा २, झापामा ४, सुनसरीमा २ र प्रदेश २ को धनुषा र सिरहाको १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा पथरीशनिश्चरे ३ की ५५ वर्षीया महिला, सिरहाको नवराजपुर गाउँपालिका १ का ४९ वर्षीय पुरुष र धनुषाको मिथिला नगरपालिका १० का ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । 

यस्तै, विराट मेडिकल शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगर ४ की ५२ वर्षीया महिला र धनुषाको जनकपुरको ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully