उदयपुर — कोरोना संक्रमणबाट उदयपुरमा थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६, ८ र ११ का क्रमश: ८० वर्षीय २ पुरुष र ३४ वर्षीया एक महिला हुन् । त्यसैगरी, चौदण्डीगढी नगरपालिका–७ का ७१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइटेलका अनुसार उदयपुरमा कोरोनाबाट सोमबार थपिएका सहित कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । जसमा १९ पुरुष र ८ जना महिला रहेका छन् ।
यस्तै, सोमबारमात्रै ५५ महिला र ४२ जना पुरुष गरी ९७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा कुल संक्रिय संक्रमितको संख्या ६ सय ४ पुगेको छ । जसमा २ सय ८५ महिला र ३ सय ९१ जना पुरुष छन् ।
उदयपुरमा अहिलेसम्म ५८ महिला र ८८ जना पुरुष गरी जम्मा १ सय ४६ जनाले कोरोनाको उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
