बीपी प्रतिष्ठानमा कोरोनाबाट थप तीनजनाको मत्यु

जेष्ठ ५, २०७८

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार उदयपुरको बेलका नगरपालिका ३ बस्ने ५५ वर्षीय पुरुष र मोरङको सुन्दरहरैंचा १० बस्ने ७२ वर्षीय पुरुष, मोरङकै बेलबारी नगरपालिका ९ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक तीनै जना उच्च रक्तचापका दीर्घ रोगी थिए ।

यसैबीच इटहरी उपमहानगरपालिका ३ सुनौलो बस्ती सिल गरिएको छ । बस्तीमा रहेको ७ घरका २५ जना नै बिरामी भएका छन् । ज्वरो, खोकी, पखालाको लक्षण देखिएपछि बुधबार स्वास्थ्यकर्मीको टोली गाउँमै गएर एन्टिजेन  विधिबाट ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमकाअनुसार बस्ती सिल गरेर संक्रमितहरुको उपचार, क्वारेन्टिन र आइसोलेसनका लागि पहल भइरहेको छ ।

कोरोना खोपकोरोना भाइरस

Link copied successfully