संखुवासभा — जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । हिरासतमा रहेका ३३ वर्षीया महिला र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
