प्रदेश १ मा ७४ जना कोरोना संक्रमित थपिए

भाद्र १२, २०७७

मोरङ — प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१ जना, मोरङ र झापामा १४/१४ जना, संखुवासभामा २ जना, पाँचथरमा १ जना र प्रदेश २ का २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको छ । जसमा १ हजार ५ सय १६ जना निको भएर घर फर्किसकेका छन् भने २७ जनाको मृत्यु भइसकेको छ । 

यस प्रदेशमा हालसम्ममा ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।  

कोरोना भाइरस

Link copied successfully