प्रदेश १ मा थपिए ४२ संक्रमित

भाद्र ४, २०७७

मोरङ — प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १३ महिला र २९ पुरुष छन् ।

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १/१ र प्रदेश २ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । जसमा १ हजार १ सय ५३ जना निको भएर घर फर्किसकेका छन्  भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्ममा ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयलले जनाएको छ ।

कोरोना भाइरस

Link copied successfully