बाँके — प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित बिहीबार बिहान बाँकेका २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बाँके क्षेत्र नम्बर १(क) की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार घर फर्किएका हुन् ।
१३ जना महिलासहित २८ जना संक्रमितहरु बिहान बिहीबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएका श्रेष्ठले बताए ।
त्यस्तै फोकल पर्सन श्रेष्ठले अनुसार लक्षण नदेखिएका ५१ जना सक्रमितलाई पनि डिस्चार्ज गरिनेबारे छलफल भइरहेको बताए ।
बाँकेमा अन्य जिल्लाका तीन जनासमेत गरी ७६६ संक्रमितमध्ये ४९६ जना घर फर्किसकेका छन् । हाल २६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण बाँकेमा ४ जनाले मृत्यु भएको छ ।
