कोरोना संक्रमितको मृत्युपछि वडा सिल

श्रावण १५, २०७७

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमितको मृत्यु भएपछि मोरङको सीमावर्ती सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ बिहीबार बिहानदेखि सिल गरिएको छ । उक्त वडाका ४५ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले उक्त वडा सिल गरेको छ ।

नगरका जनस्वास्थ्य प्रमुख किशोर कुमार मण्डलका अनुसार मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म पुर्‍याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ । 

ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनपुगेको जनस्वास्थ्य प्रमुख मण्डलले बताए । 

सुनवर्षी नगरपालिकाका वडा– ८ भारतसँग जोडिएको छ । मृतक डाइनिया हर्चगढीका हुन् । उनी लकडाउनको तीन  सातापछि भारतबाट घर आएका थिए । घर आएपछि उनी दुई सातासम्म क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । नगरका जनस्वास्थ्य प्रमुख मण्डलले भने क्वारेन्टाइनवाट घर गएपछि उनी फेरि भारत गएर फर्किएको पाइएको छ । फर्किएपछि उनी फेरि संक्रमित भएछन् । मण्डलले भने,  ‘उनी फर्किएपछि कहाँ कहाँ गए र को–को सँग सम्पर्कमा रहे उनीहरुको खोजी भइरहेको छ ।

कोरोना भाइरस

विनोद

Link copied successfully