मोरङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

असार ३०, २०७७

कान्तिपुर संवाददाता

मोरङ — मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर स्थानीय ५८ वर्षीया धनकुमारी आङबो लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले लिम्बुको एक घर र दुई वटा गाई गोठ पहिरोले बगाएको बताए ।

यस्तै, रतुवामाई नगरपालिका ७ का २३ वर्षीय अरुण ऋषिदेव रतुवा खोलाले बगाएर बेपत्ता भएका छन् । रतुवामाई–३ चौकीघाटबाट रतुवाखोला तरेर झापातर्फ जाने क्रममा बाढीले आइतबार बगाएको हो । खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको डीएसपी राईले बताए ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully