अनुमतिबिना गाउँपालिका प्रवेश गर्नेलाई पाँच हजार जरिवाना

जेष्ठ ८, २०७७

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बिनापास गाउँपालिका प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ । यदि कोही व्यक्ति लुकिछिपी गाउँपालिका क्षेत्र प्रवेश गरेमा ५ हजार जरिवानासहित जहाँबाट आएको त्यहीँ फर्काइदिने निर्णय गाउँपालिकाले गरेको हो ।

विशेष अनुमतिबिना सबैलाई गाउँपालिका प्रवेश निषेध गरिएकोले नियमको उल्लघंन गर्नेलाई जरिवाना गरिने सूचनासमेत जारी गरेको छ । त्यसैगरी यसरी लुकिछिपि प्रवेश गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृतसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले बताइन् । हालसम्म सोलुखुम्बु जिल्लामा कोरोना संक्रमण देखिएको छैन । 

लकडाउनकोरोना भाइरससीमानाका

कुम्भराज

Link copied successfully