लकडाउन उल्लंघन गर्नेलाई पनि क्वारेन्टाइनमा

चैत्र १७, २०७६

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा लकडाउन उल्लंघन गर्नेलाई समेत क्वारेन्टाइनमा राखिने भएको छ । 

लकडाउनका बेला घुमफिर गर्नेलाई राख्न मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–८ को आदर्श माविमा अलग्गै क्वारेन्टाइन बनाइएको काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।


उनका अनुसार सोमबार लकडाउन उल्लंघन गर्ने १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । ‘लकडाउन उल्लंघन गर्नेलाई पनि अब पक्राउ गर्दै क्वारेन्टाइनमा राखिने छ,’ उनले सचेत गराउँदै भने, ‘कृपया घरबाट बाहिर ननिस्कनु होला ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully