नेकपा सल्यानबाट रमेश मल्ल उम्मेद्वार बन्ने

मल्ल पछिल्लो समय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका थिए ।

माघ ५, २०८२

विप्लव महर्जन

Ramesh Malla to be NCP candidate from Salyan

सल्यान — नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता रमेश मल्ललाई उम्मेद्वार चयन गरेको छ।

सोमबार बसेको पार्टीको बैठकले मल्ललाई उमेदवारको लागि चयन गरेको हो। युवा नेता रमेश मल्ल पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उमेदवार चयन भएका हुन्। उनी पछिल्लो समय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका थिए । 

केही दिनअघि नेकपाले कर्णालीका अन्य जिल्लामा उम्मेद्वार चयन भइसके पनि नेता प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश मल्लको नाम जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएपछि रस्साकस्सी हुँदा निर्वाचनको लागि उमेदवारको नाम चयन गर्न पार्टीलाई गाह्रो भएको थियो।

सबैको सहमतिबाटै युवा नेता मल्ल उम्मेद्वारमा चयन भएको नेकपा सल्यानका पूर्वजिल्ला संयोजक मानबहादुर मल्लले बताए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully