१८ हजार ८६६ वटा अस्थायी आवास निर्माण

माघ १३, २०८०

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिममा १८ हजार ८६६ वटा अस्थायी आवास निर्माण भएका छन् । अन्य ६ हजार ९७६ अस्थायी आभास निर्माणको चरणमा छन् ।

चौरजहारी नगरपालिकामा ३ हजार ९१५, आठविसकोट नगरपालिकामा ५ हजार ७८५, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा ५ हजार २४०, त्रिवेणी गाउँपालिकामा २ हजार ४७५ र बाँफिकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै, चौरजहारी नगरपालिकाका ६ हजार २५४, आठविसकोट नगरपालिका ९ हजार ६६७, मुसीकोट नगरपालिकाका १ हजार ४०, सानीभेरी गाउँपालिकाका ५ हजार ६२४, त्रिवेणी गाउँपालिकाका २ हजार ७५२ र बाँफिकोट गाउँपालिकाका १ हजार ६९९ जना लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।

त्यस्तै, चौरजहारी नगरपालिकाका १५ करोड ६३ लाख ५० हजार, आठविसकोट नगरपालिकामा २४ करोड १६ लाख ७५ हजार, मुसीकोट नगरपालिकामा २ करोड ६० लाख, सानीभेरी गाउँपालिकामा १४ करोड ६ लाख, त्रिवेणी गाउँपालिकामा ६ करोड ८८ लाख र बाँफिकोट गाउँपालिका ४ करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रबेश बडुवालले जानकारी दिए ।

जिल्लाभर २९ हजार ४०६ लाभग्राही रहेकोमा अहिलेसम्म २७ हजार ३६ लाभग्राहीको खातामा अस्थायी आवासको लागि पहिलो किस्ताको रकम भुक्तानी भएको छ ।

जाजरकोट भुकम्प

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully