जुम्लाका सीडीओसहित ६ जनामा कोरोना संक्रमण

भाद्र १८, २०७७

एलपी देवकोटा

जुम्ला — जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सीडीयो थापासहित ६ जनामा कोरोना देखिएको हो । 

प्रजिअ थापाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई भन्न पनि आग्रह गरेका छन् ।

जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको नमुना स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । 

जिल्लामा दुई दिनअघि मात्रै ४० जनामा कोरानो संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस

एलपी

Link copied successfully