मुगु अस्पतालमा इमर्जेन्सीबाहेक सबै सेवा बन्द

भाद्र ९, २०७७

राजबहादुर शाही

मुगु — जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ । सोमबार स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि महामारी फैलिन नदिन जिल्ला अस्पतालको इमर्जेन्सी सेवाबाहेक सबै सेवा एक साताका निम्ति बन्द गरिएको जिल्ला स्वास्थ्य सेवा अधिकृत निर्मल नगरकोटीले बताए ।

मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक नर्स, अनमी र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कोरोना महामारी फैलिन नदिन एक साताका निम्ति गमगढी बजार क्षेत्रलाई नै सिल गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ । 

कोरोना भाइरस

राजबहादुर

Link copied successfully