दैलेख — कोरोना संक्रमितको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले ४ दिनका लागि दैलेखमा निषेधाज्ञा जारी गरेको छ ।
तीजलगायत चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै बिहीबार २ बजेदेखि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
दैलेखमा हालसम्म ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गइसकेको छ । पूर्वमा जाजरकोटको सिमाना, पश्चिममा कालिकोट र अछाम तथा दक्षिणमा सुर्खेतको सिमानाबाट निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
उनका अनुसार अहिले ४१ जना संक्रमितको विभिन्न ठाउँका आइसोलेसनमा उपचार भइरहेको छ भने ७७ जना क्वारेन्टाइनमा बसिरहेका छन् । निषेधाज्ञाको उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने उनले बताए ।
