चौरी स्रोत केन्द्र स्थापनाका लागि आएको १ करोड फ्रिज

असार १४, २०७७

छपाल लामा

हुम्ला — चौरी स्रोत केन्द्र स्थापनाका लागि पशु सेवा कार्यालयमा आएको १ करोड रुपैयाँ फ्रिज भएको छ । लकडाउनका कारण चौरी खरिद गर्न समस्या भएपछि बजेट फ्रिज गएको हो ।

चौरीपालनको राम्रो सम्भावना भएको भन्दै प्रदेश सरकारले हुम्लामा स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । १ सय चौरी खरिद गरी केन्द्र स्थापना गर्न खोजिए पनि लकडाउनका कारण बजेट फिर्ता गएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ज्ञानेन्द्रबहादुर बुढाथापाले बताए । 

‘स्रोत केन्द्रका लागि क्षेत्र छनोट र प्रस्तावना माग गरी सर्टलिष्ट गर्ने काम सकिएको थियो,’उनले भने, ‘खरिद गर्न चीन जान नसक्ने अवस्था आएपछि बजेट फिर्ता गरिएको हो ।’ उनका अनुसार निर्माण सामग्री अभावले स्रोत केन्द्र भवन निर्माणको कामसमेत रोकिएको छ । बजेट फ्रिज गएपछि किसानमा निराश बनेको उनको भनाइ छ ।

कोरोना भाइरसलकडाउन

छपाल

Link copied successfully