कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अछाममा क्‍वारेन्टाइनमा बसेका एकको मृत्यु

मेनुका ढुंगाना

अछाम — अछाममा क्‍वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका ५ को कैलाशेश्‍वर घट्टेखेती आधारभुत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार ती व्यक्ति गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

'शनिबार राति एक्कासी उनको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भय,' इन्सपेक्टर अवस्थीले भने ।

ती व्यक्तिको मृत्युपछि उनीसँगै अस्पताल गएका परिवारका अन्य २ जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : असार १४, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?