१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको जनाए

संक्रमित हुनेमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित : असार १४, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?